काठमाडौंको विशिष्ट र भूकम्प जोखिमका हिसाबले सुरक्षित मानिएको विशालनगर क्षेत्रमा प्रिमियम अपार्टमेन्ट निर्माणका लागि बिहीबार भूमि पूजन सम्पन्न भएको छ ।
नेपाली उद्यममा विवादरहित कारोबारका लागि स्थापित केसी समूह र केयाल समूहको संयुक्त लगानीमा स्थापित डीएलएफले अपार्टमेन्ट निर्माण गर्न लागेको हो । जग्गासहित ३ अर्ब रुपैयाँ लगानीमा केसी र केयाल ग्रुपको संयुक्त लगानीमा प्रिमियम अपार्टमेन्ट बन्ने भएको हाे। केसी समूहका निर्देशक रोशन केसीका अनुसार एउटै युनिटको २२ करोड रुपैयाँसम्म पर्ने गरी डीएलएफ ग्रिन्स अपार्टमेन्ट निर्माण गर्न लागिएकाे हो ।
८ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेन्टको २ वटा टावरमा २३–२३ वटा गरी ४६ युनिट रहने उनले जानकारी दिए ।