News & Blogs

A premium apartment is being built in a premium location in Kathmandu

2024-01-23

काठमाडौंको विशिष्ट र भूकम्प जोखिमका हिसाबले सुरक्षित मानिएको विशालनगर क्षेत्रमा प्रिमियम अपार्टमेन्ट निर्माणका लागि बिहीबार भूमि पूजन सम्पन्न भएको छ । नेपाली उद्यममा विवादरहित कारोबारका लागि स्थापित केसी समूह र केयाल समूहको संयुक्त लगानीमा स्थापित डीएलएफले अपार्टमेन्ट निर्माण गर्न लागेको हो । जग्गासहित ३ अर्ब रुपैयाँ लगानीमा केसी र केयाल ग्रुपको संयुक्त लगानीमा प्रिमियम अपार्टमेन्ट बन्ने भएको हाे। केसी समूहका निर्देशक रोशन केसीका अनुसार एउटै युनिटको २२ करोड रुपैयाँसम्म पर्ने गरी डीएलएफ ग्रिन्स अपार्टमेन्ट निर्माण गर्न लागिएकाे हो । ८ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेन्टको २ वटा टावरमा २३–२३ वटा गरी ४६ युनिट रहने उनले जानकारी दिए । Read More

Read More

विशालनगरमा ७ रोपनी १० आनामा अपार्टमेन्ट बनाउँदै केसी र केयल ग्रुप

काठमाडौंको विशाल नगरमा नयाँ अपार्टमेन्ट बन्ने भएको छ। केसी ग्रुप र केयल ग्रुपले संयुक्तरुपमा डीएफएल ग्रिन्स अपार्टमेन्ट बनाउने भएका हुन्। सिंगापुरको कम्पनी मेनहार्डले आर्किटेक्चरल डिजाइन गरेको अपार्टमेन्टको डीएलएफल नेपाल बिल्डर्सले लक्जरियर्स अपार्टमेन्ट तयार गर्दै छ। ७ रोपनी १० आनामा बन्नलागेको अपार्टमेन्टमा २ वटा टावर र ४६ युनिट रहनेछन्। आफ्नो परिवार र आवश्यकताको आधारमा फ्ल्याट छनोट गर्न पाउने कम्पनीले जनाएको छ। फ्ल्याटमा ३ वटा कोठा, हल र किचन रहनेछन् भने २५ सय वर्ग फिटदेखि ५८ सय वर्गफिटका फ्ल्याट हुनेछन्।   Read More

Read More

With the grace of God, may this bhoomi puja be the beginning of a remarkable journey filled with achievements and happiness.

https://www.facebook.com/reel/770045831683984

Read More