काठमाडौंको विशाल नगरमा नयाँ अपार्टमेन्ट बन्ने भएको छ। केसी ग्रुप र केयल ग्रुपले संयुक्तरुपमा डीएफएल ग्रिन्स अपार्टमेन्ट बनाउने भएका हुन्।
सिंगापुरको कम्पनी मेनहार्डले आर्किटेक्चरल डिजाइन गरेको अपार्टमेन्टको डीएलएफल नेपाल बिल्डर्सले लक्जरियर्स अपार्टमेन्ट तयार गर्दै छ।
७ रोपनी १० आनामा बन्नलागेको अपार्टमेन्टमा २ वटा टावर र ४६ युनिट रहनेछन्। आफ्नो परिवार र आवश्यकताको आधारमा फ्ल्याट छनोट गर्न पाउने कम्पनीले जनाएको छ। फ्ल्याटमा ३ वटा कोठा, हल र किचन रहनेछन् भने २५ सय वर्ग फिटदेखि ५८ सय वर्गफिटका फ्ल्याट हुनेछन्।